माईतिघर नजिकै स्कुटर दुर्घटना, २० वर्षीय युवतीको ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडौंको बानेश्वरबाट माईतिघरतर्फ गइरहेको एक स्कुटर दुर्घटनामा पर्दा एक युवतीको निधन भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-११ स्थित सडकमा बानेश्वरबाट माईतिघर मण्डलातर्फ जाँदै गरेको बा.प्र.०६-००१ प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो ।

सो दुर्घटनामा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका–११ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–५ गोलढुंगा बस्ने २० वर्षीया सञ्जिता महत्तोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *