चन्द्रागिरिका जनप्रतिनिधिले प्रधानमन्त्री ओलीलाई बुझाएको पत्रमा के छ ?

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष चन्द्रागिरि नगरपालिका वडा नं. १४ का जनप्रतिनिधिले भेट गरी नयाँ नैकाप क्षेत्रको जग्गाको समस्या समाधानका लागि अनुरोध गरेका छन् ।

शुक्रबार वडाध्यक्ष राजभाइ महर्जनसहितको टोलीले प्रधानमन्त्री ओलीसँग नयाँ नैकाप क्षेत्रका स्थानीयले वर्षाैंदेखी उपभोग गर्दै आएको जग्गाको लालपूर्जा व्यवस्था गरिदिन अनुरोध गरेको हो । सो क्रममा प्रधानमन्त्री ओलीले जनताको समस्या समाधानका लागि आफु सदैव लागिरहेकोले नैकाप क्षेत्रको जग्गाको लालपुर्जाको समस्यापनि समाधान गर्ने आश्वासन दिएको बताइएको छ ।

वडाध्यक्ष महर्जनका अनुसार नयाँ नैकाप (साबिक वडा नं. १, ५ र ६) क्षेत्रका करिब ३ सय घरपरिवार लालपूर्जाबाट वञ्चित छन् । उनीहरुले १५६ रोपनी भन्दा धेरै जग्गा भोगचलन गर्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *