चन्द्रागिरि नगरबाट काठमाडाैं जिसस कप खेल्ने खेलाडीको टुंगो लाग्यो (नामावलीसहित)

Thankot Times

थानकोट ।

फागुन २० गतेबाट सुरु हुने काठमाडाैं जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगिताका लागि चन्द्रागिरि नगरपालिकाले खेलाडी छनोट गरेको छ ।

नैकापस्थित फुटबल मैदानमा चन्द्रागिरि नगरपालिकाले बुधबार र बिहीबार खेलाडी चयन कार्यक्रम राखेको थियो ।

जहाँ पुगेका करिब ३० जना खेलाडीबाट १८ जना खेलाडी चयन गरिएको खेलाडी छनोट कार्यक्रमका संयोजक दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार टोलीको मुख्य प्रशिक्षकमा रमेश बुढाथोकी रहेका छन भने सहायक प्रशिक्षकमा हिराकाजी महर्जन रहेका छन् । 

छनोटमा परेका खेलाडीहरूमा राजिव श्रेष्ठ वडा नंं १४, सुसान्त घिमिरे वडा नं. १५, अनलि गुरुङ वडा नं. ४, रोहित थापा वडा नं. १५, सिल्भा कान्दङ्वा वडा नंं ४, सबल महर्जन वडा नंं १४, विशाल गोपाली वडा नं. ४, सायस श्रेष्ठ वडा नं. ४, अभिमान सिंह बस्नेत वडा नं. १०, सक्सम शाही वडा नं. १०, रोहन बुढाथोकी वडा नं. १३, आयुष्मान श्रेष्ठ वडा नं. ८, रन्जन श्रेष्ठ वडा नं. १५, साहिल राना वडा नं. १४, साहिल अधिकारी वडा नं. ८, अविरल रिजाल वडा नं. १५, विश्वास परियार वडा नं. १५ र विजय थापा वडा नं. १४ रहेका छन् ।

प्रतियोगितामा सहभागीताका लागि खेलाडी छनोट गर्न चन्द्रागिरि नगरपालिकाले गत साता सार्वजनिक सूचनामार्फत इच्छुक खेलाडीहरूमा छनोट कार्यक्रममा भाग लिन सूचित गरेको थियो । 

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेका खेलाडीहरूले छनोट क्याम्पमा सहभागी हुन पाउने नियम बनाइएको थियो । 

जिल्ला समन्वय समिति काठमाडाैंको आयोजनामा हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए । 

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ । 

प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय हातामा रहेको फुटबल मैदानमा सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *