भोलि शनिबार कलंकीचोकमा रक्तदान, दन्त रोग तथा आँखा जाँच शिविर सञ्चालन हुने

Thankot Times

थानकोट ।

भोलि शनिबार (फागुन १७ गते) काठमाडाैंको कलंकी चोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

लायन्स क्लब अफ काठमाडाैं इन्द्र अन्नपूर्णको आयोजना एवं ओम समाज दन्त अस्पताल र मातृका आइ केयरको प्राविधिक सहयोगमा कलंकी चोकमा स्वास्थ्य शिविर सञचालन हुन लागेको हो।

बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म जारी रहने शिविर विभिन्न संघसंस्थाहरूको सहकार्यमा सञ्चालन हुनेछ ।

सो क्रममा रक्तदान शिविर सञ्चालन हुनेछ भने दाँत रोग तथा आँखा रोगको समेत परीक्षण तथा परामर्श सेवा दिइने हुने आयोजकको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *