काठमाडाैंमा फोहोरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका

थानकोट ।

काठमाडौंको सुकेधारामा फोहोरले पुरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।  ‌

काठमाडौं महानगरपालिका–४, सुकेधारास्थित धोवीखोला करिडोरको पश्चिमतर्फ शारदा डंगोल र तीर्थ श्रेष्ठको भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालयभित्र फोहोरको थुप्रोले ढाकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव ओखलढुंगाको मानेभञ्याङ गाउँपालिका–७ बस्ने वर्ष ५० का अडविर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । स्थानीयले दिएको जानकारीका आधारमा पुगेको प्रहरी टोलीले म्याट्रेस, सिरानी, झोला, फोहोर कपडा लगायतले पुरेर राखेको अवस्थामा शव भेटिएको उनले बताए । उक्त शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।

फोहोर हटाएर हेर्दा राईको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको जस्तो देखिने चोट रहेको तथा अनुहार र कपालमा रगत लतपतिएको पाइएको प्रहरीले जनाएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *