केपी ओली कप फुटबलः पहिलो सेमीफाइनलमा आज त्रिभुवन आर्मी क्लब र संकटा एफसी भिड्दै

थानकोट ।
केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ। आज त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुनेछ ।
केपी ओली कप फुटबल च्याम्पियनसिप को बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसी ले जानकारी दिए ।
खेल साँझ ५ बजे देखि सुरु हुने छ । भोली हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मच्छिन्द्र एफसी खेल्ने छन् ।
फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।