आज मातातिर्थ कुण्डमा सन्ध्याकालिन गंगा आरती आयोजना हुने

थानकोट ।
मातातीर्थ कुण्डमा क्षेत्रमा आज साँझ गंगा आरती आयोजना हुँदैछ ।
हरेक महिना औंशीको दिन पारेर आयोजना हुने आरती आज हुन लागेको मातातीर्थ संरक्षण विकास संस्थाका अध्यक्ष शान्त उदासको भनाइ छ । पात्रो अनुसार बिहीबार र शुक्रबार औंशी तिथी परेपनि आज नै आरती आयोजना हुने उदासले बताए । सो कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर परिसरमा पनि हरेक सोमबार सन्ध्याकालीन आरती आयोजना भइरहेको छ ।