काठमाडाैंमा ट्रिपरले ठक्कर दिएको मोटरसाइकल बसमा ठोक्किँदा एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडाैंको तीनकुनेमा तीन वटा सवारी ठोक्किँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार छिन् ।

नेवारको उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनकुनेस्थित सडकमा प्र ३-०३-००१ प ९७३६ नम्बरको मोटरसाइकलमा उनी सवार थिइन् । उक्त मोटरसाइकललाई बा-०३-००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरले ठक्कर दिएपछि उक्त मोटरसाइकल बा ५ ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो ।

प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *