साल्ट ट्रेडिङको साधारणसभा चैत ११ मा बस्ने

Thankot Times

थानकोट ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

फागुन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि चैत १५ गते त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने तयारी कम्पनीको छ ।

कम्पनीले ऋण सुविधा लिने कार्यलाई पनि छलफल गरी पारित गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले दिएको छ ।

बुक क्लोजको आधारमा फागुन २९ गते होली पर्वको सार्वजनिक विदा परेकाले फागुन २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *