सुचेन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा थानकोट गोदामचोकमा फागुन २४ गते रक्तदान कार्यक्रम हुने

थानकोट ।
चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित सुचेन्द्र स्मृति प्रतिष्ठानले तेस्रो बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आव्हान एवं नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाको प्राविधिक सहयोगमा सुचेन्द्र स्मृति प्रतिष्ठानद्वारा फागुन २४ गते शनिबार रक्तदान शिविर आयोजना गर्न लागेको हो ।
थानकोटको गोदाम चोकमा सञ्चालन हुने शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जारी रहने सुचेन्द्र स्मृति प्रतिष्ठानले जनाएको छ ।
स्थानीय युवा सुचेन्द्र श्रेष्ठको स्मृतिमा सो प्रतिष्ठानले विगत तीन वर्षदेखी वर्षेनी रक्तदान शिविर संयोजन गर्दै आएको छ।
