महिला फुटबल टिमलाई सान्त्वना दिँदै प्रधानमन्त्री ओलीले भने ‘भविष्यमा हामी जित्ने नै छौं’

Thankot Times

थानकोट ।

नेपाली महिला फुटबल टिमले अर्को फाइनल खेल हारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सान्त्वना दिएका छन् ।

म्यान्मारविरुद्धको अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा २-० ले हार बेहोरेपछि प्रधानमन्त्री ओलीले कार्यव्यस्तताले सहभागी हुन नसकेपछि छोरीहरुको खेल राम्रो भएको भन्दै सान्त्वना दिएका हुन् ।

बुधवार साँझ खेल सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्- ‘कार्यव्यस्तताले आज नेपाल र म्यानमार बिच भइरहेको खेल हेर्न जान पाएको थिइनँ । केही समय मात्र प्रत्यक्ष प्रसारण हेर्न पाएँ । छोरीहरूको खेल राम्रो थियो । भविष्यमा हामी जित्ने नै छौं ।’

नेपाली राष्ट्रिय महिला टिमले पछिल्लो १५ वर्षमा फाइनलमा हार बेहोरेको यो १३औं पटक हो ।

तस्वीरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *