आज नेपाली बजारमा सुनचाँदीकाे भाउ के कति छ ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज बुधबार  ताेलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार (आज) सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँको कारोबारको रेकर्डलाई मंगलबार तोडेको थियो ।

बुधबार चाँदीको मूल्य ताेलामा ३० रुपैयाँ घटेर एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो काराेबार दिन हिजाे मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *