राष्ट्रिय जनसांस्कृतिक महासङ्घ काठमाडौं जिल्ला अध्यक्षमा चन्द्रागिरिका भक्तलाल श्रेष्ठ चयन

थानकोट ।
नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ काठमाडौं जिल्ला अध्यक्षमा चन्द्रागिरिका भक्तलाल श्रेष्ठ चयन भएका छन्।
महासङ्घको मंगलबार सम्पन्न जिल्ला अधिवेशनले चार वर्षका लागि श्रेष्ठको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको बताइएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीको उपस्थितिमा मंगलबार काठमाडाैं जिल्लाको छैटाैं अधिवेशन सम्पन्न भएको हो ।
यसअघि बसन्त कुमार केसीले लगातार १२ वर्ष सो सङ्घको जिल्ला नेतृत्व गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठ चन्द्रागिरि नगरपालिका-०५ आकाशटोलका स्थानीय हुन् ।