महाशिवरात्रीबाट सुरु हुने थानकोट गोल्डकप फुटबल उत्सव यसवर्ष पनि स्थगित

थानकोट ।
थानकोट गोल्डकप फुटबल उत्सव यसवर्ष पनि स्थगित हुने भएको छ ।
हरेक वर्ष महाशिवरात्रीका दिन सुरु हुने प्रतियोगिता गत वर्ष झैं यसवर्ष पनि आयोजना नहुने भएको हो ।
लगातार चार वर्ष सो प्रतियोगिता संयोजन गरेका ईञ्जिनियर भुवन गिरीका अनुसार मैदानको स्तरोन्नति लगायतका कार्य जारी रहेकोले प्रतियोगिता सञ्चालन हुन नसकेको हो ।
उनका अनुसार चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटले यस वर्ष खेल मैदान स्तरोन्नति एवं संरचना निर्माणका लागि करिब ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । चालु आर्थिक वर्ष भित्र नै खेल मैदान स्तरोन्नति एवं अन्य संरचना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल निर्माणको कार्य जारी छ ।
चन्द्रागिरि नगरपालिका-३ थानकोट पिम्फिलीस्थित गलबन चाैरमा २०७६ सालबाट वर्षेनी थानकोट गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुन थालेको हो ।
तस्बिरः प्रकाश गोपाली ।