साबा वुमन्स बास्केटबल: नेपाल भारतसँग फराकिलो अन्तरले पराजित

Thankot Times

थानकोट ।

तेस्रो साबा वुमन्स बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।

नयाँ दिल्लीस्थित जादभ इन्डोर स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ११०-३२ अन्तरले पराजित भएको हो ।

तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल  र भारतसहित माल्दिभ्स पनि सहभागी छ ।

दोस्रो संस्करण भएको साँढे दुई वर्षपछि साबा वुमन्स च्याम्पियनसिपको तेस्रो संस्करण भएको हो ।

नेपाल लगातार तेस्रो पटक खेल्दैछ भने भारत पहिलो पटक खेल्न लागेको हो ।

यसअघि दुवै संस्करणको उपाधि जितेको श्रीलंका भने यस पटक सहभागी छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *