आज प्रतिनिधि सभा बैठक बस्दै

Thankot Times

थानकोट ।

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *