ग्रामर गुरु चूडामणि गौतमको निधन

Thankot Times

थानकोट ।

लेखक चूडामणि गौतमको  निधन भएको छ ।

गाैतमको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो ।

फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए ।

उपचारकै क्रममा उनको निधन भएको हो ।

गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश,  विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक लेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *