नैकाप चोकमा निर्माण हुने ट्रस ब्रीजको डिजाइन सार्वजनिक, लागत करिब ३ करोड रुपैयाँ

थानकोट ।
सवारी साधन तथा पैदल यात्रीहरूको अत्यधिक घुँइचो हुने चन्द्रागिरिका विभिन्न चोकहरू मध्येको प्रमुख चोक नैकापमा आकाशे पुल बनाउने सन्दर्भमा चन्द्रागिरि नगरपालिकाले टेण्डर आह्वान गरेको छ ।
नगरप्रमुख घनश्याम गिरीको सचिवालयले सोमबार सामाजिक सञ्जालमा नैकापमा बन्ने भनिएको आकाशे पुलको डिजाइन सार्वजनिक गर्दै पुल निर्माणका लागि टेण्डर आह्वान गरिएको समेत जानकारी दिएको छ ।
सो पुलको कुल लागत भ्याट बाहेक २ करोड ९० लाख रुपैयाँ अनुमान गरिएको छ ।
ट्रस (फलामे) आकाशे पुल निर्माणका लागि चन्द्रागिरि नगरबाट बजेट विनियोजन भइसकेको सो स्थलमा आकाशे पुल राख्नका लागि सडक विभाग अन्तर्गतको सडक बोर्डसँग आवश्यक समन्वय गरि टेण्डर प्रकिया अघि बढाइएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।
त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगर क्षेत्रका नैकाप, चेकपोष्ट, थानकोट, गुर्जुधारा, सतुङ्गल, नागढुङ्गा लगायतका चोकमा सवारी चाप अत्यधिक रहँदा पैदलयात्रीहरूले असुरक्षित रूपमा सडक वारपार गर्नुपर्ने बाध्यता छ ।
सडक विभागसँगको समन्वयमा चन्द्रागिरि नगरका केही चोकमा ट्राफिक बत्ती राख्ने सन्दर्भमा पनि आवश्यक अध्ययन भइरहेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
यस्तो छ नैकापचाेकमा बन्ने आकाशे पुलको डिजाइनः
स्रोतः नगरप्रमुख घनश्याम गिरीको सचिवालय
तीनथाना गाविसको वार्षिक सभामा म आफूले माग गरेको ईच्छा नगरपालिका भएपछि बल्ल पूरा हुँदैछ, पूर्ण सफलताको कामना गर्दछु । ललीक महर्जन, तीनथाना ।