अवैध लागूऔषधसहित नागढुङ्गाबाट समातिए रमेश

थानकोट ।
अवैध लागूऔषधसहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश लामा समातिएका छन् ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट लामा पक्राउ परेका हुन् ।
उनको साथमा अवैध लागूऔषध गाँजा १ किलोग्राम फेला परेको प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।