नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति

थानकोट ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्न अर्थ मन्त्रालयले समिति बनाएको छ ।
मन्त्रालयले तीन सदस्यीय समिति गठन भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो ।
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल रहेको मन्त्रालयले आइतबार जनाएको छ ।