केक काट्दै प्रधानमन्त्रीले उद्घाटन गरे केपी ओली कप

Thankot Times

थानकोट ।

केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बल रेफ्रीलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् । सो अवसरमा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्यलगायत उपस्थित थिए ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् ।

फागुन १९ सम्म आयाेजना हुने प्रतियाेगितामा एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेड सहभागी हुँदैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *