ललितपुरको सिभिल होम्सस्थित एक घरमा भएको आगलागी नियन्त्रणमा

Thankot Times

थानकोट ।

ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको घर नम्बर ४६ मा लागेको आगो नियन्त्रणमा आएको छ ।

आइतबार बिहान ललितपुर महानगरपालिका-२७ स्थित सुनाकोठीमा माथिल्लो पूजा कोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए।

आगो नियन्त्रणमा आइसकेको उनको भनाइ छ ।

आगलागीबाट बहुमूल्य सामान पनि जलेका छैनन् ।

पूजाकोठामा रहेका केही सामान मात्र जलेको उनले बताए ।

आगो नियन्त्रणका लागि ललितपुर महानगरको दमकल, नगरप्रहरीको टोली र प्रहरी परिचालन गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *