बागमती र गण्डकी प्रदेशका ११ जिल्लामा प्राथमिक तहका लागि ६४० जना स्थायी शिक्षक सिफारिस

थानकोट ।
शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको नियुक्तिका लागि सिफारिस भएका बागमती र गण्डकी प्रदेशका ११ जिल्लाका उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ ।
आयोगका उपसचिव शिव प्रसाद रेग्मीका अनुसार गोरखा, कास्की, म्याग्दी, पर्वत, मनाङ्, मुस्ताङ, सिन्धुली सिन्धुपाल्चोक, रसुवा, धादिङ र चितवनका ६४० जना उम्मेदवारहरूको सूची सार्वजनिक भएको हो ।
उम्मेदवारहरूले प्राप्त गरेको प्राप्ताङ्कका आधारमा जिल्लागत एकमुस्ट योग्यताक्रम सूची कायम हुन आएको शनिबार उपसचिव रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।
जसअनुसार, गोरखामा ९३, कास्कीमा ६६, पर्वतमा २८, मनाङमा २, मुस्ताङमा १, म्याग्दीमा ७८, चितवनमा १०४, धादिङमा ६९, रसुवामा ३७, सिन्धुपाल्चोकमा ९७ र सिन्धुलीमा ६५ जना उम्मेदवारको स्थायी नियुक्तिको सूची सार्वजनिक भएको हो ।
सूची हेराैं