फोर नेसन्स कपः अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल र म्यानमारबीच आज खेल हुँदै

थानकोट ।
काठमाडाैंमा जारी चार देश सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे यो खेल सुरु हुनेछ ।
सो खेलअघि दिउँसो २ बजे प्रतियोगिताबाट बाहिरिसकेका लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा अपराजित रहेका नेपाल र म्यानमार फाइनलमा पुगिसकेका छन् ।
आजको खेलको नतिजाले प्रतियोगिताको फाइनल समीकरणमा कुनै असर पर्ने छैन् ।
फाइल फोटोः एन्फा