सतुङ्गलमा साई इन्टरप्राइजेजद्वारा शोरुम विस्तार, नगर क्षेत्रकै ठूलो स्यानिटरी शोरुम भएको दाबी

थानकोट ।
काठमाडौंको सतुङ्गलस्थित श्री साई इन्टरप्राइजेजले मल्टी ब्राण्ड स्यानिटरी शोरुमका रूपमा थप विस्तार गरेको छ ।
यसअघि ज्यागुअर, हिन्दवेयर र अन्य ब्राण्डको कारोबार गर्दै आएको कम्पनीले अब कजारिया र अन्य ब्राण्डसमेत कारोबार गर्ने भएको छ ।
शनिबार आयोजित एक कार्यक्रमबीच चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र विभिन्न वडाका वडाध्यक्षलगायतले उक्त मल्टी ब्राण्ड शोरुम उद्घाटन गरेका हुन् ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर जगदिश पन्थीले चन्द्रागिरि नगरपालिकाभित्रकै सबैभन्दा ठूलो मल्टी ब्राण्ड शोरुम शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गर्दै कुनै पनि घरपरिवारका लागि आवश्यक सामग्रीको वान स्टप सोलुसनका रूपमा शोरुम विकास गरिएको बताए ।
स्यानिटरी, टाइल तथा ग्रेनाइट एवं पेन्टलगायतका सामग्रीका लागि मल्टी ब्राण्ड शोरुमका रूपमा विकास गरिएको उनको भनाइ थियो । शोरुममा ज्यागुअर, हिन्दवेयर र कजारिया, एसियन पेन्ट्सका उत्पादनका साथै जियो ब्राण्डका सामग्रीसमेत पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले उद्घाटनका अवसरमा अफरसमेत सार्वजनिक गरेको छ ।