मातातिर्थमा पार्किङ गरिएको जनता यातायातको बसमा आगलागी, गाडी पूर्ण रुपमा क्षतिग्रस्त

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा पार्किङ गरिएको एउटा यात्रुबसमा आगलागी भएको छ ।

बालागाउँ चोकमा केही समयदेखी पार्किङ गरि राखिएको जनता यातायातको बा १ ख ७९३४ नम्बरको बसमा शनिबार दिउँसो करिब ३ः३० बजे आगलागी भएको हो ।

प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ । 

घटनाका बारेमा थप विवरण आउन बाँकी छ । 

अपडेटः

प्रहरी वृत्त थानकोटले मातातिर्थमा पार्किङ गरि राखिएको मिनि बसमा भएको आगलागी नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रहरी र स्थानीय बासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । घटनामा कुनै मानवीय क्षति नभएको र आगलागीको कारण थाहा हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

घटनाका सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *