८औं इन्द्र दह पर्यटन उत्सव सम्पन्न

थानकोट ।
चन्द्रागिरि-१ दहचाेकमा ८ औं इन्द्र दह पर्यटन उत्सव सम्पन्न भएकाे छ।
इन्द्र दह एकीकृत पर्यटन विकास समितिकाे आयाेजनामा दहचाेक काठमाडौंकाे चन्द्रागिरि- १ इन्द्र परिसरमा शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी ८ औं इन्द्र दह पर्यटन उत्सव मनाइएकाे हाे।
कार्यक्रममा बाेल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य पूर्वमन्त्री कृष्ण गाेपाल श्रेष्ठले इन्द्र दह एकीकृत पर्यटन पूर्वाधारकाे माध्यमबाट समग्र चन्द्रागिरिकाे विकासमा अगाडि बढ्नु पर्ने बताए।
पूर्वमन्त्री श्रेष्ठले दहचाेक एक ऐतिहासिक, प्राकृतिक र साँस्कृतिक महत्त्व बाेकेकाे स्थान भएकै कारण सय गन्तव्य क्षेत्र परेकाे उल्लेख गरे।
सांसद श्रेष्ठले भने, ‘दहचाेककाे पर्यटन विकासका लागि हामीले चरण चरणमा याेजना तर्जुमा गरिरहेका छाैं, हामीले यस क्षेत्रकाे समग्र विकासका लागि र पूर्वाधार निर्माण कार्यमा जाेड दिनेछाैं र बजेटका लागि भनिराख्नु पर्दैन।’
पूर्वमन्त्री श्रेष्ठले विश्वका सबै पर्यटक र सबै नेपालीहरू एक पटक दहचाेक आउने वातावरण निर्माण गर्न सबैकाे साथ र सहयाेग आवश्यक रहेकाे औंल्याए।
नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयालले दहचाेककाे पर्यटन विकासले समग्र राष्ट्रकाे विकामा महत्त्वपूर्ण टेवा पुग्ने बताए।
इन्द्र दह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले समग्र दहचाेककाे रूपान्तरण सबै दलहरू मिलेर हातेमालाे गर्दै अगाडि बढेकाे बताए।