तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा बिहीबार राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो। गम्भीर घाइते भएका तामाङको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटना घाइते भएका सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका-११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *