नेपाल टेलिकममा रोजगारीको अवसर, उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी माग

Thankot Times

थानकोट ।

नेपाल टेलिकमले ६९ नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

३ जना उपप्रबन्धक, २ जना वरिष्ठ इन्जिनियर, २ जना वरिष्ठ लेखा अधिकृत, १८ जना इन्जिनियर, १२ जना सहायक लेखा अधिकृत, १४ जना सहायक लगायत विभिन्न रिक्त रहेको पदमा पदपूर्ति गर्न टेलिकमले दरखास्त मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाल नागरिकहरूले फागुन २९ सम्म दरखास्त दिन सक्नेछन्।

दरखास्त शूल्क पद अनुसार फरक फरक निर्धारण गरिएको छ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *