च्याम्पियन्स ट्रफी: भारतको विजयी सुरुवात, आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुने

Thankot Times

थानकोट ।

च्याम्पियन्स ट्रफीमा भारतले विजयी शुरूवात गरेको छ ।

बिहीबार राति यूएईमा भएको प्रतियोगिताको दोश्रो खेलमा बङ्गलादेशलाई ६ विकेटले हराउँदै भारतले विजयी शुरूवात गरेको हो ।

२ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २ सय ३१ रन बनायो । भारतका शुभमन गिलको नटआउट शतकसँगै केएल राहुलले नटआउट ४१ रन बनाए ।

बङ्गलादेशका रशिद हुसेनले २,तस्कीन अहमद, मुस्तफिजुर रहमानले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय २८ रन बनाएको थियो ।

बङ्गलादेशका तौहीद हृदोयले  शतक बनाए । यस्तै जसले अलीले ६८ रन बनाए । भारतका मोहम्मद शमीले ५ , हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत आज तेस्रो खेल हुँदैछ जहाँ अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । यी दुई बीचको खेल पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली पाकिस्तान न्यूजील्याण्डसँग पराजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *