आज पोखरामा भण्डाफाेर सभा आयोजना गर्दै राप्रपा

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ ।

त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ ।

यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

भण्डाफोर सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

राप्रपाले लुम्बिनीको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिमको धनगढीमा फागुन १८, मधेसको जनकपुरमा फागुन २१, बागमतीको काठमाडौंमा फागुन २५ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ भण्डाफोर सभा गर्ने विज्ञप्तिमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *