धोबिखोलामा गाडी खस्न थालेपछि यस्तो जुक्ति लगाइयो

Thankot Times

थानकोट ।

काठमाडौँको अनामनगरस्थित धोबिखोलामा लगातार गाडी खसेपछि प्रहरीले अस्थायी समाधानको उपाय निकालेको छ ।

प्रहरी वृत्त सिंहदरबारले डोरी र रिफ्लेक्टरको सहयोगमा अस्थायी रूपमा गाडी खस्ने समस्या रोक्ने उपाय निकालेको हो । 

बिहीबार सिंहदरबारका डिएसपी गंगा पौडेल र ट्राफिक प्रहरीका इन्स्पेक्टरले स्थानीयहरूसँग मिलेर अस्थायी बारको रूपमा डोरी टाँगेका हुन् । स्थायी बार नबन्दासम्मको लागी डोरी र रिफ्लेक्टर टाँगिएको डिएसपी गंगा पौडेलले बताए ।

अनामनगरस्थित मदन भण्डारी कलेजनजिकै पर्ने सो स्थानबाट पुस २१ मा बी ए ए ८७१४ नम्बरको कार र गत सोमबार बा. २१ च ६६१४ नम्बरको कार धोबिखोलामा खसेको थियो । त्यसअघि एउटा ट्याक्सी पनि दुर्घटनामा परेको थियो ।

स्थानीयको सहयोगमा अस्थायी रूपमा दुर्घटना रोक्ने उद्देश्यले डोरीको बार लगाएको डिएसपी पौडेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *