राप्रपाद्वारा देशभर भण्डाफोर सभा घोषणा आयाेजना हुने, पहिलो सभा पोखरामा

थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातै प्रदेशमा भण्डाफोर सभाको घोषणा गरेको छ।
शुक्रबार (भोलि) पोखराबाट सुरु हुने सभा फागुन २७ गते सुर्खेतमा सकिने राप्रपाले जनाएको छ।
महामन्त्री राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाउँदै भ्रष्टाचार, व्यथित विरुद्ध र हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उल्लेख छ।
गण्डकीको पोखरामा फागुन ९ गते, लुम्बिनीको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिमको धनगढीमा फागुन १८, मधेसको जनकपुरमा फागुन २१, बागमतीको काठमाडौंमा फागुन २५ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ भण्डाफोर सभा गर्ने विज्ञप्तिमा उल्लेख छ।