सतुङ्गलमा देशकै ठूलो मनकामना हार्डवयर सञ्चालनमा

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गलमा मनकामना हार्डवयर एण्ड सप्लायर्स प्रालि सञ्चालनमा आएको छ । बुधबार आयोजित एक विशेष समारोहमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले हार्डवयरको औपचारिक उद्घाटन् गरेका हुन् ।
नेपालकै सबैभन्दा ठूलो हार्डवयरमध्ये एक मानिने यस कम्पनीले सम्पूर्ण निर्माण सामाग्री एकै स्थानमा उपलब्ध गराउने लक्ष्य राखेको छ । यस हार्डवयरमार्फत काठमाडौं उपत्यकाका डिलर तथा उपभोक्तालाई आवश्यक सामग्री सहजरूपमा वितरण गर्नेछ ।
मनकामना हार्डवयर एण्ड सप्लायर्सले घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री जस्तै जस्ता, डण्डी, एंगल, बिम, सिमेन्ट लगायतका सामान उपलब्ध गराउनेछ । सह संचालक रोशन पाठकका अनुसार हार्डवयर व्यवसायीहरूले कम्पनीकै मूल्यमा सामग्री खरिद गरी उपभोक्तालाई सहजरूपमा वितरण गर्न सक्नेछ ।
विशेष गरी निर्माण सामग्री खरिद गर्दा ठूलो लगानी आवश्यक पर्ने व्यवसायीहरूका लागि मनकामना हार्डवयरले सहज व्यवस्था गर्ने बताइएको छ ।
सात रोपनी क्षेत्रफलमा फैलिएको यो हार्डवयर कम्पनी पाँच जना साझेदारहरूको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । सम्पूर्ण निर्माण समाग्री व्यवसायीले कम्पनीबाटै सिधै सामग्री खरिद गर्दा २ देखि ३ करोड रुपैयाँसम्मको लगानी गरेर भण्डारण गर्नुपर्ने हुन्छ ।
व्यवसायीको उक्त लगानी मनकामना हार्डवयरले नै गरिदिने सहसंचालक पाठकको दाबी छ । उपभोक्ताले आवश्यक पर्ने सामग्री बिक्रेताले मनकामना हार्डवयरमार्फत सिधै डेलिभरी गर्न सक्नेछन्।