हनुमानढोकामा एक युवक मृत भेटिए, हत्या भएको आशंका, दुई जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि युवक मृत भेटिएका छन् ।

करिब ३५ वर्षीय युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।

मृतकको शरीरमा चोटपटक देखिएको छ ।

हत्या भएको आशंकामा अनुसन्धानको लागि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एसपी बोहरा भन्छन्– ‘दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *