नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोयो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा थप ५ सय बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको हो।

यस्तै बिहीबार चाँदीको मूल्य बढेको छ ।

हिजो बुधबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *