जलवायु परिर्वतनको बढी असर कर्णालीमा परेको छ : वनमन्त्री शाही

Thankot Times

थानकोट ,

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिर्वतनको बढी असर कर्णाली क्षेत्रमा परेको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा कर्णाली एकता समाज काठमाडौले चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थमा आयोजना गरेको जलवायु परिर्वतन विषयक जनचेतनामुलक सांस्कृति तथा देउडा कार्यक्रममा वनमन्त्री शाहीले यस्तो बताएका हुन्।

पछिल्लो पटकमा जलवायु परिर्वतनको असरले कर्णालीबासी मारमा परेको बताए ।

जलवायु परिर्वतनले कर्णालीमा हिउँ पर्न छोडिसक्यो, बाह्रै महिना सेताम्य देखिने हिमाली काला देखिन थालिसके मन्त्री शाहीले भने । जलवायुको असरले कृषि निर्भर किसानहरु बढी असर खेप्नु परेको छ । मन्त्री शाहीका अनुसार जलवायु परिर्वतनले गर्दा कहिले खडेरी कहिले अत्यधिक बर्ष हुँदा कर्णालीको जनजीवनमा असर पुगेको छ ।

हिमपात र वर्षा नहुँदा अन्नबाली फलफुल जडिबुडी उत्पादन ह्रास आउँदा त्यसको प्रत्यक्ष स्थानीयलाई परेको मन्त्रीले शाहीले भने । जलवायुको असरले कर्णाली क्षेत्रमा पानीका मुहान सुक्दै गएको वन क्षेत्रमा बढी डडेलो लाग्न थालेको उनको भनाइ छ । जलवायु परिर्वतनले सीमित मानव जातिलाई मात्र नभर वन्यजन्तु पशुपंक्षि समेतलाई असर परेको मन्त्रीको भनाइ छ ।

जलवायु परिर्वतनको असर न्यूनीकरण गर्न कर्णालीबासी सचेत सजग हुनुपर्ने बेला आएको छ । जलवायुको असर न्यूनिकरण गर्न स्थानीयबासी, युवायुवतीहरु कलाकार बर्गले देउडा गीतमार्फत जनचेतनामुलक अभियान सुरु गर्न मन्त्रीले आग्रह गरे । कला सांस्कृतिप्रेमीहरु जलवायु परिर्वतनको बिषयलाई उजागर गर्नुपर्ने उनको धारणा थियो ।

विभिन्न कामको सिलसिलामा काठमाडौमा रहेका कर्णाली क्षेत्रका महिला पुरुष कर्मचारी, युवायुवती र कलाकारलाई कर्णाली एकता समाजले बेला बखत देउडा तथा सांस्कृति कार्यक्रम गरी जमघट गर्दैआएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *