रास्वपा चन्द्रागिरि वडा नं. १३ को सभापतिमा अशोक बुढाथोकी, सचिवमा माधवराज पनेरु

Thankot Times

थानकोट । 

अशोक बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि वडा नं. १३ पुरानो नैकापको सभापति चयन भएका छन् । 

बुधबार नैकापमा आयोजित सो पार्टीको प्रथम वडा अधिवेशनले आचार्यको नेतृत्वमा सात सदस्यीय वडा कमिटि गठन गरेको हो । 

जसअनुसार उपसभापति चयन हुन बाँकी रहेको छ । सचिवमा भने माधवराज पनेरु सर्वसम्मत चयन भएका छन् ।

सदस्यमा क्रमश प्रकाशमणि गाैतम, देवहरी खड्का, डिल्ली पुसाद लामिछाने एवं सुदामा केसी खत्री सर्वसम्मत भएका छन् । सदस्य पदका दुई स्थान भने रिक्त छन् । 

रास्वपा केन्द्रीय निर्वाचन विभागको निर्देशन अनुसार तय गरिएको कार्यविधि अपनाई वडा कार्यसमिति गठन गरिएको सो पार्टीका गुनासो व्यवस्थापन विभाग उपप्रमुख टेकबहादुर पोखरेल (प्रभुराम) ले जानकारी दिए ।

माघ मसान्तभित्र चन्द्रागिरि नगरपालिकाका सबै वडाहरूको अधिवेशन सम्पन्न गरी फागुन अन्तिम साता चन्द्रागिरि नगर समितिको अधिवेशन गर्ने रास्वपाको तयारी गरिएको भनिएपनि प्राविधिक काण पूर्व निर्धारित तालिका प्रभावित भएको रास्वपा चन्द्रागिरि नगर कमिटीले जनायो ।  ।

रास्वपा चन्द्रागिरि नगरपालिकाका वडा नं ५, ८, १०, १५ को अधिवेशन सम्पन्न भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *