सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः नेपाल पुलिस स्कुललाई तेस्रो स्थान

Thankot Times

थानकोट ।

कीर्तिपुरमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा नेपाल पुलिस स्कुलले तेस्रो स्थान हात पारेको छ।

प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस स्कुल विजयी भएको हाे ।

सेमिफाइनलमा स्तब्ध बनेका नेपाल पुलिस स्कुल साँगा र ब्राइट हाेराईजन चिल्ड्रेन्स हाेम मातातिर्थ बीचको खेलमा पुलिस स्कुल १-० ले विजयी भयाे ।

नेपाल पुलिस स्कुल साँगाको तर्फबाट राेनि वीरविक्रम शाहले गरेका थिए । उनी खेलकाे म्यान अफ दि म्याच चुनिए ।
सेमिफाइनलमा पुलिस स्कुल आयाेजक नेपाल एपीएफ स्कुल कीर्तिपुरसँग पराजित भएको थियाे भने ब्राइट हाेराइजन सैनिक आवासीय महाविद्यालयसँग स्तब्ध बनेको थियाे ।

प्रतियोगिताकाे उपाधिका लागि बिहीबार सैनिक आवासीय महाविद्यालय भक्तपुर र नेपाल एपीएफ स्कुलकाे ए टीमबीच खेल हुनेछ ।

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *