पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

Thankot Times

थानकोट ।

रास्वपा सभापति रवि लामिछाने पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार श्रीमती निकिता पौडेलसहित पुगेका हुन् ।

स्वर्णलक्ष्मीको मुद्दामा रविलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

रविलाई कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

अझै, सानो पाइला सहकारीको मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता हुन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *