केपी ओली कपमा नौ टोली
![केपी ओली कपमा नौ टोली](https://www.thankottimes.com/wp-content/uploads/2023/02/kp-oli-cup1676969350.jpg)
थानकोट ।
केपी ओली कप फुटबल प्रतियोगितामा नौ टोलीको सहभागिता रहने भएको छ ।
आयोजक राष्ट्रिय युवा सङ्घका अनुसार फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच प्रतिस्पर्धा हुनेछ ।
पाहुना टोली ब्ल्याक बुल्स हालै पोखरामा सम्पन्न आहा-रारा पोखरा गोल्डकप उपाधि विजेता हो ।
आयोजक सङ्घले मङ्गलबार सहभागी टोली र खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगितामा एपिएफ र ब्ल्याक बुल्ससहित साविक विजेता मच्छिन्द्र, नेपाल पुलिस, त्रिभुवन आर्मी, न्युरोड टिम (एनआरटी), सङ्कटा, भुटानको ट्रास्पोर्ट युनाइटेड क्लब र आयोजकको टोलीको सहभागिता रहनेछ ।
१९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत विजेतालाई जनही ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
फाइल फोटो