८० यात्रु सवार विमान अवतरण गर्ने क्रममा क्यानडामा पल्टियो, १५ जना घाइते

Thankot Times

थानकोट ।

क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान पल्टिएको छ ।

विमान अवतरण गर्ने समयमा उक्त दुर्घटना भएको हो । 

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए ।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइतेहरूमा एक बालक पनि छन् ।  

सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो ।

विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन् ।

 बीबीसी


Leave a Reply

Your email address will not be published. Required fields are marked *