कार्यसम्पादन करारपछि मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइने- मेयर गिरी (भिडिवो)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले लिखित रुपमा कार्यसम्पादन करार नगरिकन पदस्थापन हुने क्रममा रहेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने धारणा राखेका छन् ।

हालका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सहसचिवमा बढुवा भएपछि उनको बिदाईमा सोमबार आयोजित कार्यक्रममा मेयर गिरीले सो बताएका हुन् ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकालमा यी-यी कार्य गर्नेछु र नगरमा परिवर्तन ल्याउनेछु भन्ने प्रतिबद्धता लिखित रुपमा गरेपछि मात्रै मैले नगरमा हाजिर गराउने निर्णय लिएको छु मेयर गिरीले भने ।

चन्द्रागिरि नगरपालिकाको मेयरका रुपमा आफ्नो कार्यकालको सात वर्ष बितिसकेको र यसबीचमा ७ जना प्रमुख प्रशासकीयसँग काम गरेको स्मरण गर्दै उनले पहिलोपटक प्रमुख प्रशासकीय अधिकृतको पदस्थापनमा आफुले लिखित रुपमा प्रतिबद्धता मागेको समेत मेयर गिरीको भनाइ थियो ।

संघीय मामिला मन्त्रालयले गत साता उपसचिव भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *