कार्यालय समयअघि चेकपोष्ट-गुर्जुधारा सडक पार गर्न सास्ती

थानकोट ।
चेकपोष्ट-गुर्जुधारा सडक खण्डमा पछिल्ला दिन सवारीसाधनको चाप अत्यधिक हुन थालेको छ ।
बिहान ८ बजेबाट ११ बजेसम्म र दिउँसो ४ बजेपछि यस सडक खण्डमा सवारी साधनको चाप थेगि नसक्नु हुन थालेको हो ।
चन्द्रागिरि नगरपालिका-०५ स्थित नेपाल टेलिकमको कार्यालय अघिल्तिर सुरुङ मार्गसम्म पुग्न पहुँच मार्गका लागि फ्लाइओभर निर्माणको कार्य जारी रहँदा सडकमा भने सवारी साधनको चाप बढेको हो ।
दुई लेन सडक खुम्च्याएर एक लेनमात्रै सञ्चालन गरिँदा गुर्जुधारातर्फ जाने सडकमा सवारीसाधनको चाप बढि रहेको हो ।
फ्लाइओभर निर्माणस्थलमा पछिल्लो समय सडक कालोपत्रेको कार्यसमेत भइरहेकोले यस क्षेत्रमा सडकमा सवारीसाधनको चाप बढेको हो । यद्यपी यो समस्या अब केही दिनमा निराकरण हुने बुझिएको छ ।