चन्द्रागिरि नगरका यी क्षेत्रमा आज बिहान ११ बजेबाट बिजुली सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरका केही स्थानमा आज (सोमबार)  पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरि कुलेश्वर वितिरण केन्द्र अन्तर्गतका विभिन्न फिडरहरूमा बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

जसअनुसार आज कुलेश्वर वितरण केन्द्रअन्तर्गत थानकोट फिटरको बलम्बु वरपरका क्षेत्रमा बिजुली सेवा अवरुद्ध हुनेछ । यस्तै फागनु ११ गते आइतबार बलम्बु फिडर अन्तर्गत बलम्बुदेखि सतुङ्गलसम्मका क्षेत्रमा बिजुली अवरुद्ध हुने तालिका रहेको छ । 

विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत लाइन अवरुद्ध गर्न परेको प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।

सूचना हेराैंं


Leave a Reply

Your email address will not be published. Required fields are marked *