द्रुतमार्गलाई काठमाडाैंसँग जोड्न टनेलसहित १६ लिंक रोड, चन्द्रागिरिमै बन्नेछन ५ वटा लिंक रोड !

Thankot Times

थानकोट । 

काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट्य्राक) लाई उपत्यकाको विभिन्न विद्यमान सडक सञ्जालसँग जोड्ने गरी लिंक रोड (पहुँचमार्ग) निर्माण गर्नुपर्ने सुझाइएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोकस्थित इन्जिनियरिङ्ग अध्ययन संस्थानको सिभिल इन्जिनियरिङ्ग विभाग (डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ्ग) ले जिरो प्वाइन्ट (सुरुआत बिन्दु) र ट्राफिक व्यवस्थापन सम्बन्धी तयार पारेको विस्तृत सम्भाव्यता प्रतिवेदन (डीएफआर) ले उपत्यकाको सडक सञ्जालसँग जोड्ने गरी विभिन्न उपयुक्त स्थानमा ११ देखि १६ वटा लिंक सडक निर्माण गर्न सुझाव दिएको हो ।

अध्ययन प्रतिवेदनअनुसार खोकनासम्म निर्माण हुने द्रुतमार्गलाई उपत्यकाको विभिन्न सडक सञ्जालसँग जोड्न विभिन्न उपयुक्त स्थानमा १६ वटासम्म लिंक सडक निर्माण गर्न सुझाव दिइएको छ ।

जसअनुसार दक्षिणकालीदेखि चोभार सुख्खाबन्दगाहसम्म एउटा लिंक रोड निर्माण गर्न भनिएको छ। त्यस्तै दक्षिणकाली रोड एक्पान्सन लिंक रोड पनि निर्माण गर्नुपर्नेछ ।

बागमति किनारको दुवैतर्फ दुई लिंक सडक, थानकोट चेक पोस्ट जोड्ने अर्को लिंक सडक, नैकाप सडकलाई जोड्ने गरी अर्को लिंक सडक, नैकापलाई जोड्ने गरी अर्को सहायक लिंक सडक, नख्खु करिडरको बायाँ, नख्खु करिडरको दायाँ, पृथ्वी राजमार्ग जोड्ने गरी नैकाप लिंक सडक तथा थानकोट चेकपोस्ट र नैकाप जोड्ने गरी लिंक सडक निर्माण गर्नुपर्ने सुझाव दिइएको छ ।

यस्तै दक्षिणकाली र बुङ्गमति जोड्ने गरी लिंक सडक, बुङ्गमतिमा निर्माण हुने सवारी साधनको टर्मिनलसँग जोड्ने गरी लिंक सडक, यस्तै डुकुछापमा निर्माण हुने टर्मिनललाई जोड्ने गरी लिंक सडक र बुङ्गमतिलाई जोड्ने छुट्टै लिंक सडक निर्माण गर्नुपर्ने प्रतिवेदनमार्फत् सुझाव दिइएको खबर क्लिकमाण्डुमा राजेश वर्माले लेखेका छन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *