पार ताप्ने क्रममा घरको छतबाट लडेर चन्द्रागिरि नगरपालिकामा एक पुरुषको मृत्यु

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं.५ स्थित हाइभिजन कोलोनीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा सैलुङ गाउँपालिका–३ घर हुने वर्ष ५२ को होमबहादुर श्रेष्ठ छन् ।
आइतबार बिहान घरको छतमा घाम ताप्ने क्रममा उनी रेलिङमा अल्झेर लडेका थिए ।
उपचारको क्रममा श्रेष्ठको सतुंगलस्थित एपिएफ अस्पतालमा उनको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।