सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः सैनिक आवासीय महाविद्यालय फाइनलमा

Thankot Times

थानकोट। 

भक्तपुरको सैनिक आवासीय महाविद्यालय कीर्तिपुरमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

आइतबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा मातातिर्थको ब्राईट होराईजन चिल्ड्रेन्स होममाथि २-१ को संघर्षपूर्ण जित हात पार्दै सैनिक आवासीय महाविद्यालय उपाधि नजिक पुगेको हो ।

सैनिकका लागि रोजित खत्री र सफल थापाले समान १-१ गोल गरेका थिए भने ब्राईट होराईजन चिल्ड्रेन्स होमका तर्फबाट विरेन्द्र उपाध्यायले १ गोल गरे । खेलमा सैनिक आवासीय महाविद्यालयका खेलाडी एलन थापा प्लेयर अफ दि म्यच चुनिए । 

उपाधिका लागि सैनिक आवासीय महाविद्यालयले सोमबार हुने दोश्रो सेमीफाइनल खेलको विजेतासँग फागुन ८ गते प्रतिस्पर्धा गर्नेछ । 

दोश्रो सेमीफाइनलमा भोलि सोमबार नेपाल एपीएफ स्कुल, कीर्तिपुरको ए टीम र नेपाल पुलिस स्कुल, साँगा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।

प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *