नेपालमा पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ बढेको हाे ।

डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।

निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।

नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *