मैत्रीपुर्ण फुटबलः चीनद्वारा नेपाल २-० ले पराजित

Thankot Times

थानकोट ।

चीनविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।

शनिबार भएको खेलमा २० औं मिनेटमा यु मेन्घुइ र ७७ औं  मिनेटमा वान्ह बिन्हान् ले एक एक गोल गरे ।

चीनका लागि मेंघुई युले गोल गरे । खेलको २० औं मिनेटमा गोल गर्दै उनले चीनलाई अग्रता दिलाएका थिए ।

दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको थियो ।

विजेता र उपविजेता टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र राखेपका उपाध्यक्ष ध्रुव आचार्यले पुरस्कार वितरण गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *